पर्साका दुई स्थानमा आगलागी

समाचार

1/12/2020

वीरगञ्ज, २७ पुस । पर्साका छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । घटनामा ८ लाख बराबरका धनमाल जलेर नष्ट भएको छ । वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकामा आगलागी भएको हो ।

वीरगञ्ज–१३ नारायणी यातायात कार्यालय वीरगञ्ज परिसरमा रहेको कृष्णाप्रसाद खनालको खाजा चिया क्यान्टिनमा आगलागी भएको थियो । आगलागीबाट क्यान्टिनमा रहेको फ्रिज २ थान, टेबल २ थान, र्याक २ थान, बेन्च ८ थान, भाडाकुडा, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । 

त्यसैगरी, जगरनाथपुर–५, मसिहानीस्थित जमदिन मियाँको फुसको घर र गोठ आगोले जलेको छ । इलाका प्रहरी कार्यालय, पोखरियाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ