राकेश यादव, रौतहट, ३१ भाद्र । जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सोमबार आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा कार्यक्रम गौरस्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जिल्ला सभाको काम कर्तव्य र अधिकारबारे गरिएको कÞानूनी व्यवस्था विपरीत आयोजना गरिएको कार्यक्रममा सहभागी भएका स्थानीय तहका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुले नगरपालिकाको कामकाज थप हुने गरी कार्यक्रम आयोजना गरिएकोप्रति असन्तुति जनाएका छन् ।
कानूनमा भएको व्यवस्था अनुसार संघीय सांसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसदलाई आमन्त्रण गरी जिल्लाको विकासबारे सुझाव लिनुपर्नेमा कुनै संघीय सांसद र प्रदेश सांसदलाई नबोलाई नगरपालिकाका जिम्मेवार तीन प्रतिनिधिलाई कामकाज थप हुने गरी सहभागी गराइएको प्रति स्थानीय तहका प्रमुखहरुले असन्तुस्टि जनाएका हुन् ।
तपाईको प्रतिक्रिया