विराटनगर, २९ भाद्र । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगती विनायक टोल विराटनगरले राष्ट्रिय सहकारी बैकका जीवन काफ्लेको प्रमुख आतिथ्यमा सातौ साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
उक्त साधारण सभालाई दिप प्रज्वलन गरी उद्घाटन गर्दै भने ‘सहमती र सहकार्यमा चल्ने सहकारीहरुले सानो–सानो पु“जीलाई संकलन गरी आफ्नै सदस्य भित्र लगानी गर्ने सोवाट आएको व्याजहरु आफूले नै मुनाफा गर्ने भएकोले’ सरकारले सहकारीलाई नियन्त्रणको सट्ट प्रवद्र्धन गर्नु पर्ने वताए ।
सोही अवसरका सहमती वचत तथा ऋण सहकारी संस्थाले २०७५÷०७६ मा गरेको कारोवारवाट ४ लाख ६५ हजार ५ सय १३ रुपियां ४४ पैसा आन्दानी गरेको प्रतिवेदन पेश गर्दै भने सहकारीलाई अझ व्यवस्थीत वनाउन कम्प्युटर प्रणाली जडान गरी आधुनिक प्रणालीमा लानेगरी व्यवस्था भई रहको वताए ।
सोही अवसरमा पूर्व जिसस सभापति खड्ग वहादुर बस्नेत, प्रगती विनायक टोल संगठनका अध्यक्ष माधव ढुगेल, महिला क्षमता सहकारी संस्थाकी अध्यक्ष कृष्ण कुमारी थापा लगायतले सधारण सभाको सफलताको कामना गरेका थिए ।
तपाईको प्रतिक्रिया