सरकारले सीमामा सशस्त्र चेकपोष्ट दोब्बर थप्ने

समाचार

12/19/2019

काठमाडौं, ३ पुस । सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो भने अब चेकपोष्ट थप गरिएसँगै त्यो संख्या २२१ हुनेछन् ।

सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको मन्त्री बाँस्कोटाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ