सिरहामा पनि बम विस्फोट

समाचार

12/14/2019

सिरहा, २८ मंसिर । शुक्रवार राति सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ ।

कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट झ्याल, ढोका क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ