मोरङ, ८ पुस । नेपालका सबै जातजाति र समुदायको सांस्कृतिक परम्परा राष्ट्रिय सम्पत्ति भएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।
राजवंशी समाज विकास समितिको २६ औं स्थापना दिवसको अवसरमा मोरङको कटहरीमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनलेले जातजाती र समुदायको समान अधिकार संविधानले नै अङ्गीकार गरिसकेको बताउँदै सरकारले सबैको संस्कृतिलाई सम्मान गर्ने धारणा राखे ।
मौलिक सांस्कृतिक परम्परा, रीतिरिवाज, रहनसहन र भेषभुषा राष्ट्रको सुन्दरता हुन्, सांस्कृतिक विविधताको जगेर्नाले मात्रै देश बन्ने मन्त्री कार्कीको धारणा थियो ।
उनले भाषा, सँस्कृति, भेषभुषा र मौलिक सीपको प्रवद्र्धनसँगै रोजगारीलाई समेत जोड दिने बताए । विभिन्न जातजातिको मौलिक सांस्कृतिक सीप र कलायुक्त वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया