हात्तीको आक्रमणबाट दुईको मृत्यु

समाचार

11/17/2019

चितवन, ३० कार्तिक । जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।

लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको जानकारी दिए ।

प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमण प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ