हरिपूर्वा–१ मा समाजवादी विजयी

समाचार

12/1/2019

सर्लाही, १५ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।

शनिबार भएको मतदानमा उनले ३४७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् ।

नेपाली कांग्रेसलाई भने सीके राउत नेतृत्वको जनमत पार्टीले उछिनेको छ । जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाउँदा कांग्रेसका उम्मेदवारले २३ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ