छुट्टाछुट्टै दुर्घटनाबाट ३ जनाको मृत्यु

समाचार

1/10/2020

रुपेन्द्र पटेल, रौतहट, २५ पुस । रौतहटमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ट्रेक्टरको ठक्करबाट तीनजनाको मृत्यु भएको हो ।

गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोकमा ना.५त ९२६७ नम्बरको ट्रयाक्टरले ना.४८प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडी बसेका माधवनारायण नगरपालिका ६ माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको प्र्रहरीले जनाएका छन् ।

ठक्करबाट गम्भिर घाईते सोही ठाउका मोटरसाईकल चालक २२ बर्षय सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । यता जिल्लाको बृन्दाबन नगरपालिका ७ धमौरा स्थित गौर चपुर सडक खण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ७ च ६१६९ नम्बरको ट्रेयाक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका ४ का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताए ।

ठक्कर दिने ट्रेयाक्र चालक बारा जिल्लाको पचरौता नगरपालिका ४ का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । त्यस्तै कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्रिजमा टयाक्ट्रको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मिल्समा उँखुलिएर गएको ना १ त ४१४० नम्बरको ट्रेयाक्टरले किचेर अन्दाजी ३५ बर्षिय एकजना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्याक्टरका चालक भने फरार रहेको र घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ