महन्थ समूहका नेता जसपाको बैठकमा सहभागी

समाचार

काठमाडौं, २ भाद्र । महन्थ ठाकुर– राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

काठमाडौंको कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन् ।

ठाकुर– महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका छन् ।

तत्कालीन राजपा नेपालका केन्द्रीय नेता चौधरी प्रदेश नं. ५ अन्तर्गत हाल लुम्बिनी संस्कृतिक नगरपालिकाका मेयर पनि हुन् ।

स्थानीय निर्वाचनको बेला तत्कालीन राजपाले चुनाव बहिष्कार गरेपछि नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ