काठमाडौं, २ भाद्र । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरी पनि महन्थ ठाकुरले गठन गर्न लागेको जसपा (लोकतान्त्रिक)मा आफ्नो सनाखत गरेका छन् ।
जसपा आधिकारिकताका बेला रेशम चौधरी महन्थ र उपेन्द्रमध्ये कसैलाई पनि साथ दिएका थिएनन्, उनी तटस्थ बसेका थिए ।
पछि उपेन्द्र यादवको केन्द्रीय कार्यकारिणी समितिमा रहेको जनाएका थिए ।
अहिले महन्थले जसपा नेपाल (लोकतान्त्रिक) दल निर्वाचन आयोगमा दर्ता गराउने बेलामा आफ्नो सनाखत गरेका हुन् ।
तपाईको प्रतिक्रिया