किसानको समस्या पहिचान तथा समाधान गर्न मधेश सरकारद्वारा उच्चस्तरीय समिति गठन

समाचार

जनकपुरधाम, २२ माघ । मधेश प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकासमन्त्री ओम प्रकाश शर्मा रहेका छन् ।

समितिलाई कृषि तथा पशुपंक्षी विकास, किसानको मलखाद्य, बीउबिजन तथा सिचाई समस्या, बीमाको अवस्था, डुवान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था, मध्ेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

१५ दिनभित्र अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने समयसीमा दिइएको उच्चस्तरीय समितिलाई १ महिनामा पूर्ण प्रतिवेदन पेश गरिने समयसीमा दिइएको प्रवक्ता साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ