बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनमतको जीत

समाचार

सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ ।

डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले यसअघि नै विजयी भइसकेको छ ।

बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झा २२४७, जनता समाजवादी पार्टी नेपालका दयानन्द गोइत २२०३ र नेकपा एमालेका अरुणकुमार गोइत यादवले २१७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, बलान–विहुल गाउँपालिकाको उपाध्यक्षमा जनमतकी रेणु यादव २६९० मतसहित निर्वाचित भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशादेवी मण्डलले २३०४, जसपाकी बबिता कुमारी मण्डल २०९४, एमालेकी रिताकुमारी यादवले १७६८ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ