2/17/2020

सप्तरी, ५ फागुन । भारत बाहेकका तेस्रो मूलुकबाट पनि मुस्लिम सहभागी हुन खोजेपछि अन्तिम समयमा रोकिन खोजेको मुस्लिम धार्मिक सभा सप्तरीमा जारी छ ।

2/17/2020

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले चौंथो निर्वाचन दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

2/16/2020

नेपालगन्ज, ५ फागुन । पश्चिम नेपालमैं सबैभन्दा ठुलो लगानीमा नेपालगन्जमा अत्याधुनिक दूध उद्योग स्थापना भएको छ ।

2/16/2020

काठमाडौं, ५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

2/16/2020

वीरगन्ज, ५ फागुन । वीरगन्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा निःशुल्क स्नेटरी प्याड वितरण कार्य सुरु गरिएको छ ।

2/16/2020

काठमाडौँ, ४ फागुन । भारत सरकारले रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि बजेट विनियोजन गरेको छ ।

2/16/2020

काठमाडौं, ४ फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।

2/16/2020

लहान, ४ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् ।

2/15/2020

जनकपुरधाम, ४ फागुन । प्रदेश २ को सरकारले प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका लागि प्रादेशिक सडक सञ्जाल गुरूयोजना तथा प्राथमिकतामा आधारित लगानी गुरूयोजनाको अवधारणा एवं मस्यौदा तयार गरेको छ ।

2/15/2020

राजविराज, ४ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सप्तरीको अध्यक्षमा नरेशप्रताप साह चयन भएका छन् ।

2/15/2020

मोरङ, ४ फागुन । रतुवामाई नगरपालिका–१ कल्याणपुरस्थित सडकमा बिग्रिएर पार्किङमा राखिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किएको छ ।

2/15/2020

सप्तरी, ३ फागुन । सप्तरीमा आज देखि मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा सप्तरीमा सुरु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजरमा इस्लामिक सम्मेलन सुरु भएको हो ।

2/15/2020

लहान, ३ फागुन । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

2/15/2020

काठमाडौं, ३ फागुन । नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रेखांकनका लागि भारतीय टोलीले फिल्ड अध्ययन थालेको छ ।

2/15/2020

कैलाली, ३ फागुन । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी – २ का पदमनिधि पण्डित रहेका छन् ।

2/15/2020

कपिलवस्तु, ३ फागुन । भारतको गोरखपुरमा दुई वर्षदेखि अलपत्र रहेका तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

2/14/2020

वीरगंज , ३ फागुन । वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरिएको आयोजकले जनाएको छ ।

2/14/2020

कैलाली, २ फागुन । गौरीगंगा नगरपालिका–६ बनभेडास्थित सडकमा ना.१ क ८८०३ नम्बरको टिपरले से.७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

2/14/2020

वीरगन्ज, २ फागुन । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको गोतामे पत्रकारिता स्वर्ण पदक आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरे ।

2/14/2020

काठमाडौं, २ फागुन । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

2/14/2020

नयाँ दिल्ली, २ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् ।

2/14/2020

काठमाडौं, २ फागुन । बलिउड निर्देशक प्रकाश झाले नेपालमा संसारका विभिन्न देशका संस्कृति फिल्म मार्फत् हेर्ने आफु उत्सुक रहेको बताएका छन् ।

2/14/2020

काठमाडौं, २ फागुन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारतीय मूलका नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

2/14/2020

काठमाडौं, २ फागुन । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीे (भाजपा) का नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरेका छन् ।

2/14/2020

काठमाडौँ, २ फागुन । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ ।

ट्रेन्डिङ