गणतन्त्र नेपालका जननायक रामराजाप्रसाद सिंह

विचार/दृष्टिकोण

२०४२ सालको बमकाण्डका नायक रामराजाप्रसाद सिंह बारे धेरै अपवाह थिए अहिले पनि छन् । यस्तै अपवाह पछाडी लागेर सुरु भएको थियो। रामराजाप्रसाद सिंह बारे मेरो बिचारमा नेपाली कांग्रेस पृष्ठभूमिका मानिसहरु २०४२ सालको बम काण्डलाई दरवार प्रायोजित भन्थे, दरबारियाचाहि भारत प्रयोजित भन्थे ।

रामराजाप्रसाद सिंहलाइ प्रथम गणतन्त्रवादी नेता भनिन्छ र हो पनि, तर उनलाई यो उपाधि प्रयाप्त छैन, रामराजाप्रसाद सिंहलाइ गणतन्त्रका जन्मदाता वा पिता नै भन्नु पर्छ। गणतन्त्रको एजेन्डाको इमान्दारीपूर्वक उठान रामराजाप्रसाद सिंहले नै गरेका हुन्। बढे बढे नेता र सक्तिहरुले आफनो शक्ति कमजोर भएपछी सम्झौता गरेर संघर्षको लक्ष्य पुरागर्न आफनो शक्ति पर्याप्त नभए पनि उनले गणतन्त्रको झण्डा विसाएन्न । बरु उनले त्यो झण्डा जनयुद्ध गरिरहेका माओवादीको हातमा सुम्पिदिए ः हुन् त् राजा त्रिभुवनको २००७ सालमा भारत बाट फर्केपछिको वक्तव्यमा पनि गणतन्त्र शब्द थियो ।

कम्युनिष्ट पार्टीले पनि आफनो घोषनापत्रमा गणतन्त्र भनेको थियो । इतिहास हेर्दा के देखिन्छ भने त्रिभुवनको वक्तब्यमा अंग्रेजी डेमोक्रेसी को नेपाली अनुवादमा गलतिवस गणतन्त्र लेखिएको हो । यो कुरा विपी कोइरालाले आत्मव्रितान्तमा लेखेका छन् । जनवादी गणतन्त्र भएपनि कम्युनिष्ट पार्टी प्रखर गणतन्त्रलाइ आफनो जीवन र राजनीतिको लक्ष्य बनाए । दस्तावेजहरुले पनि उनि नेपालको पहिलो गणतन्त्रवादी नेता भन्ने पुष्टि गर्छ । २०१७ सालको कु पछि आफनो छुट्टै संगठन नभए पनि उनले राजतन्त्रको समुल नष्ट गरि गणतन्त्र स्थापना गर्नुपर्छ, भनि अभियान चलाए। राजतन्त्र नेपालकालागि अफापसिद्ध छ र किन याँहा गणतन्त्रको आवश्यकता छ भन्ने बारेमा त्यति सुस्पष्ट व्याख्या भएको दस्तावेज रामराजाको बाहेक अरुकोमा भेटेको छैन । पंचायती कालरात्रिको बेला उनले एउटा पर्चामा लेखेका थिए राजा पापहरुका अभिव्यक्ति हुन् राजतन्त्र स्थायी शोषणका प्रतिक हुन् ।

२०४२ सालको बमकाण्ड सम्बन्धमा रामराजाप्रसाद सिंहलाइ आरोप लगाउनेहरु संग कुनै तथ्य थिएन, केवल आग्रह र पूर्वाग्रह र हिन भावना मात्र थियो। रामराजाले गणतन्त्रका लागि सशस्त्र संघर्षको सुस्पष्ट योजना र लामो तयारीपछि बम बिस्फोट गराएका थिए। यसका लागि उनको नेतृत्वको जनवादी मोर्चाले कार्यकर्तालाई सहरी गुरिला तालिम दिएको थियो। बम बिस्फोट गर्न एक वर्ष देखि कार्यकर्ता काठमाडौँमा उपयुक्त समय पर्खिएर बसेका थिए। बमकाण्डका बेला नेपाली कांग्रेसले सत्याग्रह गरिरहेको थियो तर सत्याग्रह लगभग असफल हालतमा पुगेको थियो । अब सत्याग्रहबाट कुनै संघर्ष जन्मदैन बरु राजतन्त्र झन् बलियो बन्छ भन्ने निष्कर्षका साथ बम बिस्फोट गरिएको थियो।

भारतीय स्वतन्त्रता सेनानी राममनोहर लोहिया र जयप्रकाश नारायणलाई छुटाउन गरिएको हनुमाननगर सप्तरी काण्डमा संलग्न भएबापत रामराजाका पिता जय मंगलप्रसाद सिंह जेल परेका थिए । पितालाई भेट्न काठमाडौँ आउदा रामराजा नौ वर्षका थिए उनलाई पनि थुनिएको थियो । उनले आपनो किशोर वयमा छदा राजा त्रिभुवन र महेन्द्रले राजनितिक पार्टी र नेताहरुलाई आफु अनुकुल प्रयोग गर्दै लड़ाउदै राजनितिक जटिलता थप्दै गएको देखेका थिए । राजाहरुको त्यो बेलाका घिनलाग्दा गोटी चाल्ले रामराजालाई गणतन्त्रवादी बनायो ।

हामीले गणतान्त्रिक नेपालका सार्वभौम नागरिकको रुपमा गौरव गर्न पाएका छौं । यो गणतन्त्रको बिज रामराजाले नै रोपेका हुन् । राजनीतिशास्त्रमा दर्शन नै सबैथोक हो । उनले गणतन्त्रको दर्शन दिए । उनले दर्शन व्यवहारमा पुष्टि भयो । यो भन्दा ठुलो योगदान अरु के हुन सक्छ। विश्वमा कम्युनिष्ट क्रान्तिका तिन मोडेल छन् । लेनिनको सहरी सशस्त्र संघर्षको मोडल, माओको गाउ बाट सहर घेर्ने दिर्घकालिन सशस्त्र संघर्षको मोडल र रेजिस डेब्रेले उल्लेख गरेअनुसार उपयुक्त क्रान्तिकारी परिस्थिति छ भन्ने, केहि बिर क्रान्तिकारी योद्धाको बलमा सत्तामाथि फौजी आक्रमण गरेर क्रान्ति सम्पन्न गर्ने मोडल । रामराजा कम्युनिष्ट थिएन तर गणतन्त्र स्थापनाका लागि चे ग्वे भाराको मोडेल अपनाए। उनले पार्टी आकारका दृष्टिले नफस्ताउनुको सैधान्तिक कारण यहि हो ।

पन्चायातिकालामा स्थातक क्षेत्रबाट रापसमा जिते पनि उनलाई शपथ नगराई जेलमा हालियो। मध्यरातमा जेलबाट नारायनहिटी लगियो । माफि मागे जेल मुक्त गरिदिने आस्वासन महेन्द्रले दिए उनि पग्लिएन्न । दोस्रो पटक उनलाई फेरि नारायनहिटी लगियो । यसपटक राजाले उनलाई प्रधानमन्त्रि पद अस्विकार मात्र गरेनन, राजतन्त्र बिरुद्ध जनताले गरेको संघर्षको फेहरिस्त राजाका अगाडी प्रस्तुत गर्दै गणतन्त्र अपरिहार्य रहेको जवाफ दिए।

राजा नाजवाफ भए रामराजा आफैले त्यो क्षन नै आफनो जीवनको सवैभन्दा जोखिमपूर्ण रहेको तर त्यो जोखिमबाट आफुले पार पाएको बताएका थिए । यो उनको जीवनको मात्र होइन समग्र नेपाली राजनितिक इतिहासकै सबैभन्दा साहसिक घटना हो । जेलबाट बन्दीलाई जंगलमा लगेर हत्या गरिने पंचायती कालरात्रि युगको मध्यरातमा नारायनहिटी लगिएका रामराजाले ज्यानको पर्वाह नगरी राजालाई चुनौती दिनु चानचुने कुरा थिएन ।

नेपालमा राजतन्त्र बिरुद्ध तथा गणतन्त्रका लागि अनेक साना ठुला संघर्ष भए ति सबै संघर्षको उत्कर्ष २०४२ सालको बम बिस्फोट थियो र त्यहि बाट गणतन्त्र स्थापनाका लागि नया ढंगको संघर्ष सुरु भयो । २०४२ सालको बमकाण्ड गणतन्त्रका लागि संघर्षको औपचारिक शिलान्यास थियो। जसका लागि पंचायती सत्ताले रामराजालाई मृत्युदण्डको सजाय तोकेको थियो। रामराजा राजनेता हुन कि होइन्न भन्ने प्रश्नको निरुपण तव गर्न सकिन्छ जब राजनेतामा हुनुपर्ने गुण के–के हुन् भनि पहिचान गरिन्छ।

मेरो बिचारमा राजनेतामा निम्न गुण हुनुपर्छ :

पहिलो, उनले दिर्घकालिन राजनीतिक आवश्यकताको सहि पहिचान गर्नुपर्छ । दोस्रो दुरदर्शी हुनुपर्छ । तेस्रो निस्वार्थ भाव हुनुपर्छ । चौथो, आफनो राजनीतिक दर्शन र लक्ष्यप्रति अविचलित र संघर्षशिल हुनुपर्छ । पाचौ, राष्ट्रवादी भावनाले ओतप्रोत हुनुपर्छ ।

राजनेतामा हुनुपर्ने यी पाँचवटै गुण रामराजामा पाए । निष्कपटता, इमान्दारी र विनम्रता उनको सवैभन्दा ठुलो गुण हो । राज्यसत्ताले उनलाई दानवको रुपमा प्रचार गरेको थियो। तर उनलाई त्यसको ठिक विपरित गुण भएको मानिस पाए । सायदै यस्तो व्यक्ति होला, जो समिप पुगेपछि रामराजाप्रसाद सिंह बाट प्रभावित नभएको होस् । पद–प्रतिष्ठा उनको राजनीतिक जीवनको कार्य सुचिमा कहिल्यै परेन ।

माधव नेपाल प्रधानमन्त्रि हुदा उनि अचेत भएर अस्पताल भर्ना भएका थिए, सरकारले उपचारका लागि पांच लाख रुपैया दियो। स्वस्थ भएपछी उनले पांच लाख सहयोग लिइएको थाहा पाए सायद आपनो जिवनमा सबैभन्दा दुःखित त्यहि कुराले भए रामराजा, उनले राज्यबाट केहि नलिने कसम खाएका थिए। राजनीति दाउपेच नै दाउपेचले भरिएको हुन्छ तर उनले दाउपेचलाई साधन बनाएर राजनीति गरेनन । राजनीतिक नायक रामराजा ज्युको हृदय सांचिकै पवित्र थियो । त्यसैले उहालाई हामीले गणतन्त्रका पिता भनेका छौ ।

(लेखक लोसपा नेपालका युवा नेता हुन् ।)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ