आचारसंहिताको पालना गरौं

सम्पादकीय

निर्वाचन आयोगले निर्वाचन कार्यक्रमसँग आचार संहिता पनि सार्वजनिक गर्ने गर्छ । आयोगले यो वर्ष पनि आचार संहिता सार्वजनिक ग¥यो र अहिलेको यो अवधि सो संहिता लागु भएको अवस्था हो ।आचार संहिता राजनीतिक दलको उपस्थितिमा र सहमतिमा बनाइने र संशोधन गर्ने गरिन्छ ।

यो भनेको चुनावलाई स्वस्थ्य प्रतिस्पर्धात्मक विधि, आचरण र संस्कारको स्थापना,विकास र विस्तार गर्नु हो ।सहभागी सबै राजनीतिक दल र तिनका उम्मेदवार वा स्वतन्त्र उम्मेदवार सबै उम्मेदवारहरूले चुनाव अधिमा आचरणको अनुपालन गरी मत माग्ने र माग्न दिने परिपाटी बसालेमा त्यो निर्वाचन संस्कार बन्ने छ । आफ्ना कार्यकर्ताबाट अरुका लागि तर्साउने, मतपत्र बोकी भाग्ने, मत्रपत्र च्यात्ने, मतपेटिका लिएर भाग्ने, हातहतियार लिएर मतदाताको घरदैलामा जाने जस्ता गतिविधि नगर्नु आचरण संहिताको हिस्सा हो ।

मतदातालाई लोभ्याउन मासु च्युरा खुवाउनु, साडी चोलो बाँड्नु आदिजस्ता कार्य पनि गर्न नहुने कुरो पनि आचार संहिताको विषय वस्तु हो ।परम्परागतरूपमा यस्तो भइरहेको छ ।तल्लो तहका मतदातामा चेतनाको अभाव हुन्छ । नेताजीहरू पाँच वर्षमा एक पटक दैलामा देखापर्छन् । विकासका कुरा नाना थरी गर्छन् ।

विकासको लागि खोज्नै जान पर्ने हुन्छ । यस्तोमा नेताजीले मासु भात खुवाइदिए नै जाति । साडी चोलो दिए नै जाति । सामुदायिक भवन बनाइ दिए नै जाति । तल्ला तहका जनतामा यस्तो भावना भएको पाइन्छ । त्यसको लाभ उठाउँदै पैसावालहरूले चुनावमा पैसा बाँडेर । साडी चोलो बाँडेर । मासु च्युरा रक्सीको भोज गरेर । नभए पैसाको बलमा बुथ कब्जा गरेर भएपनि चुनाव जितिहाल्ने अवस्था नभएको होइन् ।

यी कुराहरू पनि आचार संहिता विपरीतका गतिविधि हुन् । राजनीतिक दलका कार्यकर्ताले चुनाव सकेदेखि नै जनतालाई राजनीतिक प्रशिक्षण दिन थालेदेखि चुनाव हुने बेला स्थितिमा परिवर्तन हुने थियो । तर यसको विपरीत समाजमा, गाउँमा, शहरमा, जिल्लामा , प्रदेशमा र संघमा सबै ठाउँमा ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने गीतको थेगो सुनिन्छ । उसले उसको गल्ती कमजोरी देखाउन थाल्छ । आफ्नो गल्ती कमजोरी देखाउने काम कसैले गर्दैन् । र पनि भन्छ, यस्तै रहेछ यहाँको चलन’ ।

आचरण निर्माणको कुरो व्यक्तिगत कुरो हो । नेताबाट आचरणको निर्माण हुनु आवश्यक छ । आचरणको अनुपालन हुनु आवश्यक छ । तर त्यस्तो कार्यकर्ता पंक्तिबाट पनि भएको पाइँदैन् । नेतालाई मात्रै दोष लगाएर हामी उम्किन सक्दैनौँ । नेताका असल बानी हामीले पनि पछ्याउन चाहँदैनौँ । केही कमसल बानी मासु च्युरा रक्सी नेताले खायो कि कार्यकर्ताले पनि त्यसको अनुपालन गरी हाल्ने बानी हाम्रो छ ।

यो मानवको सामान्य स्वाभाव हो । यो भनिरहँदा साधारण जनताको सामान्य स्वाभाव हो ।उसलाई छुट । हुन सक्छ तर कार्यकर्ता र नेतालाई छुट हुने छैन् । कार्यकर्ता नै भोलिको नेता हो । त्यसैले कार्यकर्ता पंक्तिबाट आचरणको पालना हुनु पर्छ । आचार संहिताको पालना गराउनु भनेको जनताको तल्लो तहसम्म निर्वाचन यसरी लडिने हो । यस्तो आचरण हुनुपर्ने हो भन्ने कुरोको स्थापना गराउनु पनि हो । त्यसैले सबै मिलेर आयोगको निर्वाचन आचारसंहिता पालना गराउन उठौँ । सबैले आचार संहिता पालना गरौँ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ