चाडपर्वमा जनतालाई विशेष सुविधा दिने बारे सोचौँ

सम्पादकीय

बडा दशैँ पछिको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार छठपर्वको साता सुरु हुन लागेको छ । दशैँमा घर नगएकाहरूले तिहार छठमा सामेल हुन राजधानीबाट मधेशका जिल्लाहरूमा बस्नेहरू जान थालेका छन् । राजधानीमा छठ मनाउन थालिएयता मधेश प्रदेशका जिल्लाहरूमा जाने प्रवृतिमा केही कमी आएपनि अझ जानेक्रम रोकिएको छैन् ।

पहाडका जिल्लामा दशैँमा जन्मेको थाँततलोमा पुग्ने सांस्कृतिक मानसिकता बढी रहेको पाइएझैँ तिहार छठमा मधेश प्रदेशका जिल्लाहरूबाट रोजीरोटी र उद्योगधन्दाका लागि बाहिरिएकाहरू फर्किने प्रवृति बढी रहेको छ ।तिहारदेखि छठसम्मको समयअवधिमा मधेश जिल्लाका बासिन्दाहरू घरपरिवारमा फर्किने गर्छन् ।

उनीहरू नाताकुटुम्बसँग भेटघाट हुनुको साथै बाल्यकालका साथीभाइहरूको भेट हुने अवसर भएकाले यो समयलाई यसरी पनि लिने गरिन्छ । दोस्रो ठुला चाडपर्वको रूपमा मनाइने तिहारदेखि छठसम्मका पुजाआजामा विभिन्न कृषिजन्य वस्तुको उपभोग हुने गर्छ ।ठुलो परिमाणमा यस्तो वस्तुको प्रयोग गरी फालिने गरिन्छ ।

पुजाआजाको यो समयमा व्यस्तहुनेहरू स्थानीयहरूले पर्व सकेपछि थाकेको अनुभव गर्छन् भने फर्किने क्रम सोही अनुरूप तीव्र हुने गर्छ । फर्किनेहरूका लागि यातायात सेवाको उचित प्रबन्ध हुँदैन् । नियमित बससेवाहरूले सेवा उपलब्ध गराउन नसकेपछि वैकल्पिक प्रबन्धहरू पनि हुने गरेको छ । तर वैकल्पिक प्रबन्ध गर्नेहरूले झूर बसको व्यवस्था गर्ने गर्छन् ।

झ्यालका सिसा नहुने, सिट फोल्डिङ नहुने बसहरूको उपयोग उनीहरूले गर्ने गर्छन् । भाडा लिने बेला नियमितरूपमा तोकिएको भाडा लिने गर्ने गरिएको छ । कार्यालयमा उपस्थित हुनेहरूले बाध्यभएर यस्तो वैकल्पिक झूर यातायात प्रबन्धमा फसेर ठगिने गरिएका छन् । देश र मधेश सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

चाडपर्वमा वैकल्पिक सेवाको लागि विशेष योजना बनाउनुपर्ने आवश्यकता हुन्छ । अझ पनि समय बाँकी रहेकाले जनतालाई स्ुविधना दिने विषयमा योजना बनाउन सकिन्छ । भ्रष्टाचार गर्न बुद्धि लगाउन सक्नेले समस्याको बेला सुविधा उपलब्ध गराउने योजना बनाउने जनप्रतिनिधिको खाँचो हुन्छ । यस्ता विषयमा सोच्नुपर्ने आवश्यका बोध गरौँ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ