जनमत अस्थिरता निम्त्याउन होइन

सम्पादकीय

मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना सकिएर प्रदेश तथा संघमा सरकार बनाउने पहल राष्ट्रपति कार्यालयले निर्वाचन आयोगबाट औपचारिकरूपमा मत गणना परिणाम प्राप्त भएपछि गर्ने अपेक्षा गरिएको छ । अन्तिम परिणाम प्राप्त भएपछि संघ र प्रदेश दुवै ठाउँमा कुनै एक दलको नेतृत्वमा सरकार बन्ने जनमत प्राप्त भएको छैन् । यसको अर्थ फेरिमा निर्वाचनमा जानु पर्ने छ भन्ने होइन् ।

जनताले भ्रष्टाचारमा डुबेको गठबन्धन सरकारको निर्माण गर्न होइन् । नत घडी यो गठबन्धनमा नत त्यो गठबन्धनमा गएर सरकार बनाउन जनताले मत दिएको होइन । पाँच वर्ष चलाउने गरी निर्वाचित प्रतिनिधिहरूबाटै सरकार बनाउने र चलाउने जिम्मेवारी दिएको छ । सरकार जनताका लागि चलाउने हो । देशका लागि चलाउने हो । विकासका लागि चलाउने हो । सहिष्णुता र सदभावका लागि सरकार चलाउने हो ।

मिलेर सरकार चलाउने हो भने सरकारले गलत गरे सजग पहरेदारको रूपमा सावधान गराउने प्रतिपक्षको भूमिकामा रहन जनताले मत दिएको हो । राजनीतिमा झूठो बोलेर, ढाँटेर धेरै दिन चल्नेवाला देखिएको छैन् । नयाँ उदीयमान दलहरूले यस्ता प्रवृतिका लागि चुनौती बनी आएका छन् ।

जनताका लागि जे गर्ने भनेर सरकार बनाउने हो त्यही गर्ने हो । भने बमोजिमको जनहितकारी काम गर्दागर्दै निहुँ खोजेर बीचबाटोमा गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार भत्काउने र बनाउने विगतमा भए गरेको जस्तो गर्न दिएको होइन् । त्यसैले समर्थन लिने र दिने दुवैले जनतालाई साक्षी राखेर गठबन्धन सरकार बनाउने काम गर्नु पर्छ ।

प्रतिपक्षलाई विश्वासमा लिने काम सरकार पक्षको हुन्छ । प्रतिपक्ष छु त्यो भनेको जतिखेर पनि विरोधै गर्न पर्छ भन्ने होइन । सरकारले भने बमोजिमको काम गरेको छ कि छैन त्यो हेर्ने हो । जनहित विरोधी देश हित विरोधी काम गर्न लागेको त हैन त्यो हेर्ने हो । उत्पातै हुन लाग्यो देशै सखाप हुन लागेको बेला सरकार रहिरहनुको कुनै अर्थ हुँदैन् ।

त्यस्तो अवस्थामा मात्रै प्रतिपक्षले विरोध प्रदर्शन जस्ता कार्य गर्ने र गठबन्धनका घटकलाई फुटाएर सरकार बनाउने प्रयास गर्नु प्रतिपक्षीको जायज व्यवहार ठरिहन्छ । त्यसैले सबैले जनताले दिएको जनमत अस्थिरता निम्त्याउन नदिएको भनी हेक्का राख्न जरूरी छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ