मुनाफाखोरलाई लगाम लगाउ सरकार

सम्पादकीय

नयाँ प्रधानमन्त्रीले विश्वासको मत पनि लिए । राष्ट्रपति , उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुन बाँकी छ ।
सरकार विस्तार हुन बाँकी छ । तर सरकार नभएको अवस्था हैन् । सरकार छ ।तर चामल किलोको २० रुपैया बढेको समाचार सार्वजनिक भयो । यो आफैमा गम्भीर समाचार हो । सरकारले विश्वास लिने बित्तिकै चामल प्रति किलो २० रुपैयाले बढ्नु भनेको व्यापारीले मनलाग्दी गर्न पाउने विश्वासको मत पाएको हो भन्ने चर्चा जनतामा सुरु भएको छ ।

चुनावमा व्यापारीले राजनीतिक दलका नेताहरूलाई चन्दा दिने गर्छन् । चुनाव भएपछि सरकार बनेपछि त्यसको भुक्तानी बजारमा मनलाग्दी भाउ बढाएर गर्ने गर्छन् । यसपटक सबै राजनीतिक दलले सरकारलाई विश्वासको मत दिएका छन् । व्यापारीहरूले त्यसै पनि सबै राजनीतिक दललाई चुनवामा धेरै थोर सघाउने गर्छन् । अहिले सबै दलले सरकारलाई मत दिएकोले यो सरकार सर्वदलीय सरकार हो । त्यसैले व्यापारीले चामलमा प्रतिकिलो २० बढाएको समाचार सार्वजनिक भयो ।

अन्य वस्तुहरूमा गरी आम जनताको चुल्होमा कतिको बजेटभार बढेको हो त्यसबारे हिसाब हुन बाँकी नै छ । बजारले सदनमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दा आम जनता खुशी नै भएका थिए । तर यो समाचारले जनतालाई दुखी बनाएको छ । बजारभाउबाट आम जनतालाई मर्का पर्ने भएपछि तिनलाई सघाउ पुग्ने विधि तय गर्नुपर्ने छ । बजारको नियमन तथा निगरानी बढाउनुपर्ने छ । आम जनतालाई यो सरकार छ भन्ने अनुभूति दिलाउन पहिले बजारलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।

सबै राजनीतिक दलको समर्थन पाएको सरकारले सबैलाई मनलाग्दी छुट दिन पाउने समर्थन पाएको होइन् । सानालाई चैन दिनलाई सरकार बनेको हो । सरकारले बनाएको साझा न्यूनतम कार्यक्रममा सरकारले निजी क्षेत्रले गर्न नसक्ने क्षेत्रमा लगानी लगाउने कुरो उठाएको छ । यो भनेको जनतालाई सुख सुविधा दिनका लागि हो ।

बजार अनियन्त्रित गरे आम जनतालाई समस्यामा पार्नलाई होइन् । त्यसैले सरकारले चामलको प्रतिकिलो २० रुपैया बढेको समाचारको गहिराईमा गएर बजारको बेथिति तत्काल बन्द गर्नुपर्छ । त्यसपनि जनता बजार भाउबाट पीडित हुँदै आएको थियो । चामलको भाउ बढेको यो खबर आउन अघि दूधमा भाउ बढाउने खबर सार्वजनिक भएको थियो । त्यो बेला भाउ बढेको थिएन् । तर यसरी एक पछि अर्को गरी भाउ किन बढाउन खोजिएको यसबारे सोच्नै पर्ने आवश्यकता छ । मुनाफाखोर व्यापारीहरूको चलखेल बढेको आशंका गरिएको छ। मुनाफाखोरहरू सल्बलाउन थालेका छन् । सरकार समयमै लगाम लगाउ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ