देशकका प्रायःजसो सबै मन्त्रालया तथा सबै भन्दा ठुला प्रमुख प्रशासनिक निकायहरूको अवस्थित सिंहदरबार हाता भित्र छ । प्रधानमन्त्रीको कार्यालय पनि यही सिंहदरबार भित्र छ । जनतादेखि नेतासम्म, सिपाहीदेखि मन्त्रीसम्म सबै यो हाताभित्र आउने जाने गरेकै छन् । तर डिलिभरी दिन ढिलाभइसक्यो, अब हामी कुरामा दिन बितायौँ भने जनताले हामीलाई नछोड्ने चेतावनी नयाँ संसदका नयाँ सांसदहरू तथा नयाँ सरकारका नयाँ मन्त्रीहरूले गर्न मात्र भ्याएनन् ।
छाती ठोकी ठोकी शपथ पनि खाएको संसद भित्रको दृश्य देखिएको थियो । ती सांसदहरूले सरकार बनाउन समर्थन पनि दिए । विश्वासको मतदान गर्ने सांसदहरूको संख्या त करिब करिब सबै भने भो । विरोधमा मतदान गर्नेको संख्या शून्य हुन जोखिएको मात्र हो ।
तर त्यो सबै विश्वास सिंहदरबारको पूर्वीगेटको ढलले बगाएर लगेको देखियो । यो ढलको फोहरले करिब दुईसय मिटरको एक किनारलाई प्रदुषित ग¥यो । यो गेटबाट निस्कने गाडीवाला अधिकारीहरूलाई गन्हायो ,गिज्यायो तर गर्ने उपाय तत्काल सुझेन् । जनतालाई चौबीसै घन्टा सेवा दिन सरकार बनेको हुन्छ । सिंहदरबार परिसरमा दृश्य देख्ने वार्ड प्रतिनिधि, नगरपालिका, प्रादेशिक सरकार र संघीय सरकारका अधिकारीहरूले यो काम कसको होला भनी सोधखोज गरी रहे ।
“सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलियो । ढलको व्यवस्थापन गर्ने सरोकारवाला निकायले चासो दिएन् । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायात साधनसमेत प्रभावित भयो । ढलका कारण सडक हिलाम्मे भयो । पैदल यात्री समेतले सास्ती व्यहोर्नु प¥यो । पूर्वी गेट वरपरका स्थानीयहरू समेत ढलको दुर्गन्धका कारण समस्यामा परे ।” यो ढलबाट निस्केको फोहर वस्तुले हिलाम्य बनाएको यो क्षेत्रका आधाभाग हिलाम्य भएको थियो । सिंहदरबारको पूर्वी गेट अगाडिको यो ढलको प्रदुषण सफा गर्न कम्तीमा २४ घन्टा भन्दा बढीको समय लाग्छ भने जनताका दैलामा यस्तो फोहर हटन २४ वर्ष लाग्ने सन्देश दिएको छ ।
यहाँ त सरकार हटाउने र सरकार बनाउने काम बाहेक बारे सोच्ने न मन्त्री, न कर्मचारी न सेवाग्राही कोही पनि हुँदैनन् । नियमित यो बाटोबाट आउजाउ गरिरहने पैदलयात्रुहरू भन्दै नयाँ सरकारका सबै दल र नेताका प्रतिबद्धता र विश्वास सबै यो सिंहदरबारको पूर्वी गेटको ढलले बगायो । विश्वास जोगाउ सरकार विश्वास ।
तपाईको प्रतिक्रिया