लोसपाभित्रका असन्तुष्टीहरु

सम्पादकीय

महन्थ ठाकुर नेपालकै समकालीन नेताहरुमध्ये एक हुन् । उनलाई त्याग र सन्त नेताको रुपमा चिनिन्छ । तर उनीमाथि पटक–पटक परिवारवादको आरोप लाग्दै आएको छ । लोसपाले हालै गठन गरेको केन्द्रीय समितिको तीव्र आलोचना भएको छ । लोकतान्त्रिक पार्टीमा विचारधाराहरू हुनु, अपेक्षाहरू हुनु स्वाभाविक प्रक्रिया हो । तर, आफ्नो जीवनको उत्तराद्र्धमा महन्थ ठाकुरले धेरै नै आलोचना खेपिरहेका छन् । विरोधका स्वरहरू सुनिएको अवस्था छ ।

अहिले जुन किसिमका मनोनयन भएको छ त्यसमा अध्यक्ष ठाकुरले पूर्णरुपमा एक्लै गरेको वरिष्ठ नेता राजेन्द्र महतोको भनाई छ । केन्द्रीय कमिटी निर्माण गर्न केन्द्रीय कार्यकारिणी समितिले सबै अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । सोही अनुसार ठाकुरले केन्द्रीय समिति निर्माण गरेका हुन् । नेता कार्यकर्ताहरू

को मनोभावना नबुझेको आरोप लगाएइको छ । अध्यक्ष ठाकुरले सद्भावना पृष्ठभूमि भएका नेताहरुसँग अन्याय गरेको आरोप छ । यो पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय हो । तर, आन्तरिक जीवनको विवादलाई सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट पोख्नु राम्रो होइन । जसको क्षमता, दक्षता छ, जसले काम गर्न सक्छ उसलाई जिम्मेवारी दिँदा पार्टीको अधिकत्तर हितमा योगदान पुग्नेछ ।

लोकतान्त्रिक समाजवादी पार्टीको आन्तरिक जीवन मात्रै होइन कि सबभन्दा पुरानो पार्टी कांग्रेसलाई हेर्दा लिडरसिप रातारात निर्माण हुँदैन । त्यसैले लिडरसिप निर्माण गर्नका लागि साथीहरूले जिम्मेवारी दिँदा बहन गर्न सक्ने र त्यसको निरन्तरताको पनि आवश्यकता हुन्छ । त्यसअनुरूप लिडरहरू निर्माण हुँदै जाने हो ।

अहिलेको अवस्थामा प्राविधिकरूपमा पार्टीको संरचना, प्रादेशिक, क्षेत्रीय, वडा समितिहरू गठन गर्ने, त्यसअनुसारको संगठन निर्माण गर्ने पहिलो कार्यभार हो । त्यसपछि दोस्रो कार्यभार भनेको राजनीतिक, आर्थिक, सामाजिक एजेन्डाहरूको अगुवाई गरेर अगाडि बढ्नुपर्छ ।

सबैभन्दा ठूलो विषय भनेको मधेश, थरूहट, आदिवासी जनजाति आन्दोलनको जगमा बनेको यो पार्टीको प्रमुख कार्यभार भनेको आन्दोलनसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधनका लागि वार्ता र सम्वादहरू गर्नुपर्छ । अहिले जनमत सिर्जना गर्ने र निर्वाचनमा अत्यधिक जनसमर्थन हासिल गर्ने नै लक्ष्य हुनुपर्छ ।

अहिले हरेक राजनीतिक दलहरू आगामी २०८४ को निर्वाचन लक्षित कार्यक्रमहरू लिएर जनतामा गइरहेका छन्, तर लोसपाको त्यो किसिमको तयारीमा कमजोरी देखिएको हो । लोसपा शीर्षस्थ नेतृत्वहरू वर्षौंदेखि नेपालको राजनीतिमा सक्रिय छन् । तसर्थ, पार्टीभित्रका विवादलाई सम्बोधन गर्न आवश्यक छ । लोसपाप्रति आमजनताको ठूलो आशा र भरोसा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ