महोत्तरी, ८ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका विद्यालयहरुका विद्यार्थीहरु विस्तारै अतिरक्ति क्रियाकलापमा समेत सहभागिता जनाउन थालेका छन् ।
विद्यालयहरुमा हुने अतिरिक्त क्रियाकलापमा उर्जा थप्ने कामे गर्न थालेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अन्तर्गत साझा आवाज परियोजनाका फिल्ड अधिकृत रुपा पाठकले बताइन् ।
हालसम्म कोल्हुवा वगेया, एकडारा र हलेखोरी गाउँमा रहेको माध्यमिक विद्यालयहरुमा जातिय विभेदको अवस्था र समाधानका उपायमा हाम्रो भूमिका विषयक वक्तित्वकला सम्पन्न भइसकेको छ । एकडारा गाउँपालिकामा रहेको १३ मध्ये ९ वटा माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापमा सहयोगी बन्ने योजना साझा आवाज परियोजनाको छ ।
एकडारा माध्यमिक विद्यालयमा सहभागी ११ मध्ये ९ कक्षाका मुस्कान कुमार साह, १० कक्षाका भरत ठाकुर एवं ८ कक्षाका गौतम यादव क्रमशः प्रथम,द्वितीय र तृतीयस्थान हालिस गरे ।
जनता माध्यमिक विद्यालय हलखोरीमा सहभागी ११ मध्ये ८ कक्षाका सोनाली यादव, ९ कक्षाका सोमित कुमार ठाकुर एवं १० कक्षाका रोशनी कुमारी यादव क्रमशः प्रथम, द्वितीय र तृर्तीयस्थान हासिल गरे ।
यसैगरि जनता माध्यमिक विद्यालय कोल्हुवा वगेयामा आयोजित प्रतियोगितामा १२ मध्ये ९ कक्षाका पप्पु कुमार पासवान प्रथम, १० कक्षाका रितिक साह दोस्रो एवं १० कक्षाका विकास मण्डल तेस्रो स्थान गरेका थिए । प्रतियोगितामा विजयीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ महोत्तरी अन्तर्गत संचालित साझा आवाजका जिल्ला कार्यक्रम संयोजक सिजेन्द्र सदाले बताए ।
वक्तित्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले भेदभाव तथा छुवाछुत अन्त्यका लागि समूदायमा चेतना फैलाउनुपर्ने, आपसी मेलमिलापबाट समस्या समाधान गर्नुपर्ने, दलितलाई माध्यमिक शिक्षाको सुनिश्चिता गर्नुपर्ने तथा सहभोजको आयोजना गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए । विद्यालयहरुमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीमा सकरात्मक सोचको विकासका लागि मद्दत गर्ने एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डलले बताए ।
तपाईको प्रतिक्रिया