एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी : शिक्षामन्त्री

शिक्षा

9/23/2018

कैलाली, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एउटा प्रदेशमा एउटा कृषि क्याम्पस जरुरी रहेको बताएका छन् ।

उनले प्राविधिक विषयका लागि भौतिक पूर्वाधार, प्रयोगशाला र प्रशिक्षक सबैभन्दा अनिवार्य रहने धारणा व्यक्त गरेका छन् । अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको भवन शिलान्यास समारोहमा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।”

मन्त्री पोखरेलले अहिलेसम्म कुन सङ्कायमा कति विद्यार्थी उत्पादन भए, त्यसको कुनै तथ्याङ्क राख्न नसक्दा समस्या भएको बताउँदै कुनै क्षेत्रमा जनशक्ति फालाफाल छ भने कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा छ, त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पु¥याउँछ भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ