० तपाइँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नै किन रोज्नुभयो ?
—महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग नै मधेशको माग र मुद्दा रहेको छ । मधेशका माग र मुद्दा सम्बोधन गराउन कसले के ग¥यो समीक्षाको विषय हो । गत निर्वाचनमा हामीले मधेशी गठबन्धन बनाएर चुनाव लड्यौं, जनताको माग र मुद्दा सम्बोधन गराउँछौं भन्ने कुरा प्रतिबद्धता ग¥यौं । मधेशको माग र मुद्दाप्रति उपेन्द्र यादवभन्दा बढी गम्भीर महन्थ ठाकुरजी देखिनुभएको छ । महन्थ ठाकुरजीको अगुवाईमा महोत्तरीमा १३९ जना आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता भएको छ । नागरिकता विधेयक ल्याइएको थियो, संविधान संशोधनका लागि कार्यदल गठन भएको थियो । तर उपेन्द्र यादव १८ महिनासम्म सरकारमा बस्दा केही पनि गर्नुभएन । उपेन्द्रजीले मुद्दाको समाधान कहिल्यै पनि गराउन चाहनुभएको छैन । त्यसैले मैले लोसपा नै रोजे ।
० महन्थ ठाकुर, राजेन्द्र महतोहरु प्रतिगमनका मतियार हुनुभयो भन्ने आरोप लागिरहेको छ नि ?
— हाम्रो लागि त केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड वा माधव नेपाल सबै प्रतिगमनकारी हुन् । तर जसले हाम्रो माग र मुद्दा सम्बोधन गर्न सकारात्मक हुन्छ उसलाई समर्थन वा सहयोग गर्नु प्रतिगमन होइन । हामी आफ्ना माग र मुद्दा सम्बोधन गराउनका लागि विगतमा सबैलाई सहयोग र समर्थन गरेकै हो तर कसैले गरेनन् । केपी ओलीको सरकारले हाम्रा माग सम्बोधन गर्न प्रयास थाल्यो, त्यसैले ओलीको सरकारलाई सहयोग गरियो । अहिले पनि देउवा सरकारलाई हाम्रो समर्थन छ तर अहिलेसम्म केही गरेको छैन । शेरबहादुर र प्रचण्डजीहरु अग्रगमनकारी हो भने हाम्रा माग र मुद्दाहरु सम्बोधन गराएर देखाओस् ।
० महन्थ–राजेन्द्रका कतिपय विश्वासपात्र नेता र सांसदहरुले उपेन्द्रलाई साथ दिएका छन् त ?
— उहाँहरु अवसरका लागि लोभमा उपेन्द्रजीको साथमा गएका हुन् । जब उहाँहरु उताबाट पनि केही पाउँदैन, अनि फेरि भागाभाग हुन्छ । अहिले सबैले हेरिरहेकै छन् कि राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गराउनका लागि उपेन्द्रजी लागिरहनुभएको छ । उहाँलाई थाहा छ कि सरकारमा जाने बित्तिकै जसले मन्त्री पाउँदैन उसले दल फुटाउछन् । अहिलेसम्म सरकारमा किन गएको छैन त ? उहाँ त अग्रगमनको पक्षधर हुनुहुन्छ, अग्रगमनकारी सरकार बनाउनुभएको छ । त्यसकारणले, उपेन्द्रसँग गएकाहरु अवसरवादीहरु मात्र हुन् ।
० महोत्तरीमा लोसपाको अवस्था के छ ?
— स्थानीय तहको निर्वाचनमा साइकल चुनाव चिन्हबाट जितेका सबै जनप्रतिनिधिहरु लोसपाको पक्षमा छन् । त्यतिमात्रै होइन, तत्कालीन फोरमको चुनाव चिन्हले पनि जितेका अधिकांश जनप्रतिनिधिहरु पनि लोसपामै सनाखत गरेका छन् । त्यसैले, महोत्तरीमा महन्थ ठाकुरको लोसपाको बलियो आधार कायमै छ ।
० यो विभाजनले माग र मुद्दा कमजोर भएको हो ?
— मधेशको मूल समस्या नै सत्ता हो । हामीले वैकल्पिक शक्तिको कुरा गरेका थियौं । २०७७ बैशाखमा उपेन्द्र यादवजीको पार्टी विभाजन हुँदै थियो । तर मधेशी जनताले भन्दै थिए कि मधेशी एकता जिन्दावाद । हामीले मधेशी जनताको त्यो भावनालाई सम्मान गर्दै बिना शर्त उपेन्द्रजीको पार्टीसँग एकता ग¥यौं, त्यतिबेला हामीले कुनै पनि किसिमको शर्त राखेनौं । उपेन्द्रजीको पार्टी जोगाइदियौं । मधेशको माग र मुद्दा बलियो हुन्छ भन्ने हाम्रो सोच थियो । तर, उपेन्द्रजीले मधेशको भावनासँग खेलवाड गर्नुभयो । जसले गर्दा स्वाभाविक रुपमा मधेशको मुद्दा अलि कमजोर जस्तो भएको हो । जनताले यो विषयमा मूल्यांकन गर्छ ।
० गत निर्वाचनमा प्रदेश २ मा मधेशी गठबन्धन बनाएर चुनावमा जाँदा जनताले केही हदसम्म पत्याएको थियो । अर्को चुनाव आउनै लाग्दा फेरि पार्टी विभाजन भएको छ । फेरि पनि मधेशी गठबन्धन बन्छ ?
— आफूले गरेका गल्ती स्वीकार गरेर यदि आयो भने उपेन्द्रजीसँग सहकार्य हुन पनि सक्छ । राजनीतिमा केही पनि असम्भव हुँदैन, स्थायी शत्रु र मित्र पनि हुँदैन । त्यसैले, आगामी दिनमा उपेन्द्रजीसँग गठबन्धन बनाउने अवस्था आउँछ कि आउँदैन भन्न सकिँदैन । तैपनि मधेशको माग र मुद्दाप्रति जो सकारात्मक भएर अगाडि आउँछ, उसँग गठबन्धन हुने सम्भावना हुन्छ । उपेन्द्रजीलाई अहिले त देउवा, प्रचण्ड, माधवजीहरु नै मन पराएका छन् ।
० प्रदेश २ को सरकारमा तपाइँले करिब तीन वर्षभन्दा बढी समयसम्म राज्यमन्त्रीको रुपमा काम गर्नुभयो । अहिलेसम्म प्रदेशको नामाकरण टुंगो नलाग्नुमा को दोषी छन् ?
— अहिले संसदमा प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव दर्ता भएको छ । विगतमा हामी गठबन्धनमा हुँदा र पछि जसपा बन्दा हाम्रो संयुक्त प्रस्ताव मधेश प्रदेश र राजधानी जनकपुर थियो । तर अहिले हाम्रो प्रस्तावको विपक्षमा रहेका दलहरु पनि सरकारमा सहभागी भएका छन् । हामी सुरुदेखि नै मधेश प्रदेशको पक्षमा छौं । अब उपेन्द्रजी वा मुख्यमन्त्री लालबाबु राउतजीले के गर्नु हुन्छ, त्यो उहाँहरुमाथि निर्भर गर्छ । हामी प्रतिपक्षमा रहेपनि मधेश प्रदेशको पक्षमा मतदान गर्छौं ।
० अहिलेको सरकारसँग करिब दुई तिहाइको बहुमत छ, नामाकरणबारे किन प्रक्रिया सुरु हुन सकेको छैन ?
— यसको उत्तर त हाम्रो मुख्यमन्त्रीजीले दिनुपर्ने हो । मुख्यमन्त्रीजीले अहिलेसम्म संसदलाई बिजनेश नै दिनु भएको छैन । संसदमा नाम र राजधानीको प्रस्ताव दर्ता भएको छ तर संसद सुचारु भएको छैन । हामीले सरकारलाई आग्रह गरिरहेका छौं कि संसद सञ्चालन गर्नुस्, नाम र राजधानीमाथि छलफल गरौं । तर उहाँहरुले जुन अपवित्र गठबन्धन बनाउनुभएको छ, त्यसबाट डराइरहनुभएको छ । कांग्रेस र माओवादीलाई सरकारमा ल्याइयो तर सरकार चलाउने सन्दर्भमा कुनै कुराको साझा प्रतिबद्धता छैन ।
० गठबन्धनको सरकारले प्रदेशको नामाकरण टुंगो लगाउन सक्छ ?
— हामी चाहन्छौं कि प्रदेशको नामाकरण र राजधानी टुंगो लागोस् । तर सत्तारुढ गठबन्धनको भित्री योजना के छ हामीलाई थाहा छैन । संसद सञ्चालन हुने बित्तिकै हामी आवाज उठाउँछौं । उपेन्द्रजीले जुन गतिविधि गर्नुभएको छ, मधेशको माग र मुद्दासँग सरोकार नै नराख्ने दलहरुसँग गठबन्धन बनाएर सरकारमा सहभागी गराउनुभएको छ । उहाँको कारणले आन्दोलनबाट स्थापित विचार कार्यान्वयनमा चुनौती थपिएको छ ।
० अहिले बलियो गठबन्धनको सरकार छ, संसद किन सञ्चालन हुन नसकेको होला ?
— यो बलियो गठबन्धनको सरकार देखिए पनि अपवित्र हो । माग र मुद्दा मिल्नेसँग गठबन्धन हुन्छ । बिना एजेण्डा, सत्ता सञ्चालनका लागि मात्र यो गठबन्धन बनेको हो । माग र मुद्दासँग यो गठबन्धनको कुनै सरोकार छैन । यो बलियो गठबन्धन होइन, सत्ता सञ्चालनका लागि गठबन्धन बनाइएको हो । यो गठबन्धन भनेको बालुवाको घर जस्तै हो ।
० भनेपछि, यो गठबन्धनको आधार कमजोर छ ?
— जहाँ माग र मुद्दासँग कुनै मेल हुँदैन, त्यो धेरै दिनसम्म चल्दैन ।
० अब पार्टी छुट्टै भइसकेपछि प्रदेश २ मा तपाइँहरुको स्पष्ट धार के हो ?
— हामी प्रदेश २ को प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा हुन्छौं ।
तपाईको प्रतिक्रिया