० जनमत पार्टीले जनकपुरमा किन उत्पात् मच्चाइरहेको छ ?
— जनमत पार्टीले उत्पात् मच्चाएको होइन, यो जनताको आक्रोश हो । त्यो जनआक्रोशमा सर्वसाधारणदेखि सबै दलका कार्यकर्ताहरू पनि सहभागी थिए । जनताको काम गर्ने जिम्मा लिएका कर्मचारीले काम नगरेपछि त्यस्तो आक्रोश पोखिएको मात्र हो ।
० तपाइँहरूले जनकारबाहीको नाममा अराजक गतिविधि गर्नुभयो नि ?
— हामी एक्कासी यस्तो कारबाही गरेका होइनौं । यसअघि जसरी जनकपुरका ढल निकास कार्यालयले आधा काम गरेर छाडिदिएको थियो, सडकहरू पनि त्यतिकै अल्पत्र छाडिएको थियो, यस्ता बेथितिहरूका बारेमा बारम्बार हामीले नगरपालिका र कार्यालयमा जानकारी गरायौं । तर, सम्बन्धित पक्षले कहिल्यै पनि गम्भीर भएर जनताको अप्ठ्याराहरूबारे हेरेनन् । ढलको निकास नहुँदा आवत–जावतमा समस्या छ, विद्यार्थीहरू विद्यालय जानबाट बञ्चित छन् । त्यहाँका स्थानीयहरूले हस्ताक्षरसहित ज्ञापन बुझाएको थिए । हाम्रा समस्याहरू समाधान गर्नुप¥यो भनेर सबै स्थानीय सडकमा आएका छन् । जनताको समस्यालाई बेवास्ता गरेकोले बाध्य भएर जनताले कारबाही गरेको हो ।
० तर दुव्र्यवहार गर्नु सभ्यता हो ?
— जब जनताको आक्रोश बाहिर आउँछ, त्यसबेला सभ्य वा असभ्य भन्ने कुरा हुँदैन । जुन समस्या त्यहाँका जनताले भोगिरहेका छन्, त्यसको अनुभव कार्यालयमा बस्ने कर्मचारीले पनि गरोस् भनेर सचेत गराइएको हो ।
० तपाइँको पार्टी अध्यक्ष डा.सीके राउतको घरसम्म जाने बाटो पीच गरिएन भन्ने रिसमा कर्मचारीलाई दुव्र्यवहार गरियो भन्ने आरोप छ नि ?
— यो अफवाह मात्रै हो । हामीले कुनै प्रतिशोध साँध्नका लागि त्यस्तो गरेका होइनौं । हामीले पूरै जनकपुरको बेथितिलाई हेर्न सक्छौं । संघीय खानेपानी तथा आयोजना कार्यालय जनकपुरले नै ठेक्का दिएको हो । त्यो काम किन हुन सकेन भनेर त्यसको निगरानी कसले गर्ने ? कुर्सीमा जो बसेको हुन्छ, उसलाई नै गएर सोध्ने हो ।
० ईन्जिनियर राजेश्वर कुशवाहामाथि जुन दुव्र्यवहार गरियो, त्यो जनकारबाही थियो कि तपाइँहरूको योजना थियो ?
— बेथितिहरूबाट जनता आजीत भइसकेका छन् । त्यो जनकारबाही थियो र यस्ता कार्य अब निरन्तर भइरहन्छ । हाम्रो मुख्य अभियान भ्रष्टाचार र अनियमितता विरूद्धमा हो । भ्रष्टाचार गर्ने जो कोही होस्, अब जनताले छाड्नेवाला छैन । विकास नहुनुको मुख्य कारण नै भ्रष्टाचार हो, जोकोही भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । त्यो ईन्जिनियरलाई दुव्र्यवहार गरिएको होइन, जनताले दिनहुँ भोगिरहेको समस्याबारे अनुभव मात्र गराइएको हो । जनता दिनहुँ त्यो फोहोर वा हिलोमा हिंड्न बाध्य हुने तर त्यसको निर्माण गर्ने जिम्मेवारी पाएकालाई त्यसको अनुभूति होस् भन्ने आशय थियो । यो हाम्रो कुनै योजना थिएन, जनता आक्रोशित भएर जनकपुरमा घुमाइएको हो ।
० त्यो दुव्र्यवहारप्रति तपाइँहरूलाई कुनै पश्चाताप छैन ?
— हामी जनताको साथ छौं । जनताले जसरी सास्ती भोगिरहेका छन्, त्यसको अगाडि हामीलाई कुनै किसिमको पश्चाताप छैन कि एउटा कर्मचारीमाथि दुव्र्यवहार भयो भनेर । हाम्रा लागि जनता जनार्दन हुन्, जनताले जे चाहेका छन्, त्यो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
० तपाइँहरू महात्मा गान्धी, नेल्सन मण्डेला र गौतम बुद्धलाई आफ्नो आदर्श मान्नुहुन्छ, शान्ति र अहिंसाको सिद्धान्तलाई मान्नुहुन्छ भने यस्तो अराजकता किन ?
— जहाँको व्यवस्था सभ्य हुन्छ, त्यहाँ यस किसिमको सिद्धान्त र व्यवहार लागू हुन्छ । हामी विधिको शासन मान्ने हो । कानूनले नै सबथोक गरिदिएको भए हामीले त्यस्तो व्यवहार गर्नुपर्ने कुनै आवश्यकता थिएन । प्रदेश २ मा त्यत्रो भ्रष्टाचार र अनियमितता भएको छ भनेर महालेखा परीक्षकको प्रतिवेदनमै छ । तर कानूनअनुसार कुनै कारबाही भएको छैन । राज्यका अंगहरू बलियो भने भ्रष्टाचार हुँदैन । जनताको करबाट राज्यका संयन्त्रहरू चलिरहेको छ भने जनतासँग अधिकार छ कि उसको काम गर्नुप¥यो ।
० तपाइँको पार्टीका १७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ, अब के गर्नुहुन्छ ?
— हामी मुद्दाबाट डराउने मान्छे होइनौं । किनभने यसअघि पनि हामी विभिन्न झुठा मुद्दाहरू खेपिसकेका छौं । हामीमाथि राज्यद्रोहको मुद्दा पनि लगाइएको थियो । तर जनताका लागि हामी जेपनि गर्न तयार छौं । यस्ता झुठा मुद्दाहरू लगाएर केही पनि हुनेवाला छैन । जनताले हेरिरहेका छन् । सारा जनताले भनिरहेका छन् कि ती कर्मचारीमाथि जे गरियो त्यो ठिक थियो ।
० तर, तपाइँको पार्टीका विरूद्धमा पनि प्रदर्शन र आन्दोलन भइरहेको छ नि ?
— जुन ईन्जिनियर भ्रष्ट छैन भने उनीहरू भ्रष्टाचारको कारबाहीका विरूद्धमा नाराबाजी गर्नुपर्ने कारण छैन । हाम्रा विरूद्धमा नाराबाजी गर्नेहरूलाई हेर्नुभयो भने कस्ता मान्छेहरू छन्, प्रष्टै हुन्छ । टोलका गुण्डा र ठेकेदारका गुण्डाहरू ईन्जिनियरको नाममा नाराबाजी गरेर सबै ईन्जिनियरलाई बेइज्जत गर्न पाउँदैन । म सबै ईन्जिनियर साथीहरूलाई आह्वान गर्न चाहन्छु कि तपाइँहरूको साथ र सहयोगले देश बन्ने हो । एउटा ज्वलन्त उदाहरण हेर्नुस्, धनुषा र सिरहा जोड्ने कमला नदीको पुल हो । ईन्जिनियरले नै सर्वे गरेर त्यसको नक्सा पास गरेका हुन् । त्यो पुल उद्घाटन नै नगरिकन किन भाँसियो ? त्यसको जिम्मा कसले लिने ? बाटोघाटो निर्माण लगत्तै भत्किने गर्छ, त्यसको जिम्मा कसले लिने ? ईन्जिनियर भनेको ‘की प्वाइन्ट’ हुन् । मापदण्ड नै पूरा नगरिकन यिनीहरूले बिल पास गराइदिन्छन्, त्यसको भत्ता र कमिशन कहाँ–कहाँ पु¥याउँछन् ? ईन्जिनियरहरूकै कारणले यस्ता भ्रष्टाचार र अनियमितता भइरहेको सत्य र तथ्य छ । यिनीहरूले चाह्यो भने देशको मुहार फेरिन्छ तर गर्दैन । उनीहरू यदि आन्दोलन नै गर्ने हो भने राजनीतिक दल खोलेर आओस् ।
० ईन्जिनियरहरूले भ्रष्टाचार गर्छन् भन्ने प्रमाण छ ?
— भ्रष्टाचारमा ईन्जिनियरको पनि हस्ताक्षर महत्वपूर्ण छ । कुनै पनि प्राविधिक वा ईन्जिनियरको हस्ताक्षर बिल पास हुँदैन । कुनै पनि योजना वा परियोजनाहरू उनीहरूको हस्ताक्षर अगाडि बढ्दैन भने भ्रष्टाचार भएको छैन भन्न सकिन्न । उनीहरूको सम्पत्ति छानबिन गर्दा भइहाल्छ नि । कुन योजनामा कतिको लगानी र कतिको काम भएको छ त्यसको छानबिन गरोस् न, त्यतिकै थाहा भइहाल्छ ।
० भ्रष्टाचार र अनियमितताको छानबिन, अनुसन्धान र कारबाही गर्ने राज्यका विभिन्न संयन्त्रहरू छन् । राज्यले कारबाही गर्ने हो, तपाइँहरू आफै कानूनलाई हात लिन मिल्दैन नि ?
— हाम्रो देशमा कानून छ, विधिको शासन छ तर भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई कारबाही हुँदैन । यदि राज्यका संयन्त्रहरूले त्यस्ता भ्रष्टाचारीलाई कारबाही गरेको भए, हामी त्यो किसिमको कदम चाल्नुपर्ने आवश्यकता नै पर्दैन्थ्यो । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमै अख्तियारले छापा मा¥यो, तर कारबाही भएको छैन ।
० भनेपछि राज्यका संयन्त्रहरूको काम छैन ? जनताले नै कारबाही गर्नुपर्ने हो ?
— राज्यका संयन्त्रहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने जनताले कारबाही नै गर्नुपर्दैन । जनताको करबाट तलब खाइरहेकाहरूले जनताको काम नगरेपछि जनता त कारबाही गर्छ नै । विधिको शासनको पालना गर्नुपर्छ । तर विधिको शासन लागू गराउने संयन्त्रहरू इमान्दार नभएपछि जनकारबाही हुनुपर्छ ।
तपाईको प्रतिक्रिया