अच्चमकी बालिका आयुशालाई सहयोगको याचना

समाचार

1/2/2019

मोरङ, १८ पुस । पथरीशनिश्चरे १० की आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनी हिड्डुल गर्न भने सक्दिनन् । कक्षा २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने शक्ति भने अदभुत रहेको छ ।

१९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनी जन्मेको ३÷४ महिनामा बाबु बितेपछि मामल बस्दै आएकी आयुसा करिब एक डेढ फिटकी मात्र छिन् भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन् ।

तर पनि उनि कहिल्यै हरेश नखाई स्कुल जाने गर्छिन् । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाइदिएको छ ।

साथीसँगीसँग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र साथीहरुले सधै हौसला दिने गरेको उनी बताउँछिन् । औषधी उपचारको अभावमा ११ वर्षदेखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउँछिन् ।

पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ