चाडपर्वले सद्भाव र एकता बलियो बनाओस् : उपेन्द्र यादव

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले नेपालीहरूको महान् सांस्कृतिक पर्व विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको शुभकामना सन्देशमा चाडपर्वले आपसी सद्भाव, सामाजिक सहिष्णुता र मानवीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा दसैँलगायतका पर्वहरू धार्मिक तथा सांस्कृतिक महत्त्वका अवसर मात्र नभई समाजमा विद्यमान अन्याय, विभेद, शोषण, उत्पीडन, असमानता तथा विकृतिविरुद्ध एकजुट भएर अघि बढ्ने प्रेरणा दिने अवसरसमेत भएको उल्लेख गरिएको छ।

जनता समाजवादी पार्टी, नेपालले जनताको अधिकार, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

पार्टीले यी पर्वहरूले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै न्यायपूर्ण, समतामूलक तथा समृद्ध नेपाल निर्माणका लागि सबैलाई प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ