अन्तर्राष्ट्रिय रामायण मेलामा भाग लिन नेपाली टोली भारतमा

समाचार

10/28/2018

काठमाडौं, ११ कार्तिक । भारतको दिल्लीमा यस वर्ष हुन लागेको अन्तर्राष्ट्रिय रामायण मेलामा सहभागी हुन नेपालको तर्फबाट मिथिला नाट्यकला परिषद (मिनाप) को टोली भारतको नयाँदिल्ली पुगेको छ ।

भारतमा प्रत्येक वर्ष आयोजनामा हुने यस रामायन मेलामा भारत सहित नेपाल, श्रीलंका र थाईल्याडले रामायणको प्रस्तुति गर्ने छ ।

मिनापले यसपटक मिथिलाको परम्परा अनुसार मेलामा सीताको जन्मदेखि कोहवरसम्मको सचिव गीति नाट्य क्षणिक प्रस्तुत गर्ने मिनापका पूर्व अध्यक्ष सुनील मल्लिकले जानकारी दिए ।

मिनापको प्रस्तुति दिल्लीस्थित कमानी आडिटोरियममा नोभेम्बर २ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ