काठमाडौं, २५ जेठ । धनक युवा फाउण्डेशन नेपालले गत जेठ ११ गते जनकपुरधाममा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रमको समीक्षा गरिएको छ ।
शनिबार मधेश मिडिया हाउसमा फाउण्डेशनले आयोजना गरेको समीक्षा कार्यक्रममा डीक्का महासंघका प्रतिनिधिहरुले फाउण्डेशनको प्रगति तथा समाजप्रति उत्तरदायी हुन प्रेरित गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. उमेश कुमार मण्डलले फाउण्डेशनले जातीय हक अधिकार तथा समाजमा जागरुकता ल्याउन अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । उनले युवाहरुलाई एकत्रित गरी समाजलाई जागरुक बनाउन आग्रहसमेत गरेका छन् ।
यसैगरी, समीक्षा कार्यक्रमको अध्यक्षता रामकुमार मण्डल, प्रमुख अतिथि डा.उमेश कुार मण्डल, अतिथिहरु, राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डल, प्रोफेसर खगेश्वर मण्डल, रामाशिष मण्डल, मधेशी नागरिक समाजका अध्यक्ष गणेश कुमार मण्डल फाउण्डेशनका महासचिव इन्द्रदेव मण्डल, मनोज मण्डल लगायत रहेका थिए ।
कार्यक्रमको सञ्चालन फाउण्डेशनका प्रवक्ता कमल मण्डलले गरेका थिए । जनकपुरधाममा आयोजना गरिएको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका १३ जनालाई समीक्षा कार्यक्रममा सम्मानसमेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया