अभियानीहरुद्वारा नगवा पोखरीमा बृहत सरसफाई

समाचार

9/23/2018

वीरगन्ज, ७ असोज । जनकपुरका ख्याति प्राप्त स्वच्छता अभियानी तथा प्रदेशसभा सदस्य राम आशिष यादवको प्रमुख आतिथ्यतामा वीरगंज नगवा पोखरीमा सरसफाई अभियान आइतबारदेखि सुरु गरिएको छ ।

वीरगंजका एसपी, स्थानीय सरकार, ग्रीनसिटि सामुदायिक, स्थानीय अगुवा, सामाजिक कार्यकर्ताहरुको साथै स्थानीय बासिन्दाहरुको सहभागितामा भएको सरसफाई कार्यक्रम प्रतिकात्मक मात्र रहेको सामाजिक अभियन्ता सरोज रायले जनाएका छन् ।

यसपछि अब स्थानीय बासिन्दाले सरसफाई कार्यक्रमको निरन्तरता दिनु पर्ने हुन्छ र यस कुराको प्रतिबद्धता उक्त वडाको अध्यक्षबाट पनि आएको छ ।

‘पोखरीमा रहेको फोहर सरसफाई गर्दा पानीमा धेरै माछाहरु मरेको अवस्थामा पाए जसबाट अत्यधिक दुर्गन्ध आइरहेको थियो । आश्चर्य लाग्यो यो देखेर कि कसरि यांहाका वासिन्दा यस्तो दुर्ग्न्धित पानीमा नुहाई(दुहाइ गरिरहेका छन् । समय मै यो सडेर दुर्ग्न्धित भएका माछालाई पोखरीबाट सफा गरिएन भन्ने यसले अनेको विमारिलाई अवश्य आमन्त्रण गर्नेछ । यंहा सम्म कि हैजा जस्तो माहामारी फैलिने सम्भावना समेत रहेको छ ।’ अभियन्ता रायले उल्लेख गरेका छन् ।

सरसफाइमा प्रहरी स्वंमसेवक ठुलो संख्यामा सहभागी भएका थिए । कार्यक्रमको अन्तमा सरसफाई सम्बन्धित सानो जनचेतना कार्यक्रममा आयोजकबाट प्रमुख अथितिको साथ एसपीलगायत तराई मधेश राष्ट्रिय परिषद्का सदस्य शशी यादव र सरोज रायलाई सम्मान गरिएको थियो ।

यत्रो सानो समयमा यो कार्यक्रम आयोजना गर्ने समाजसेवी तथा परिषद्का सदस्य प्रकाश थारु, ओमप्रकाश सर्राफको साथै सज्जन अग्रवाल, कमल चौगाईलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ