असमाजिक कृयाकलापहरु बढ्दै गईरहेको प्रति प्रदेश प्रमुखद्धारा चिन्ता व्यक्त

समाचार

1/29/2019

ब्रम्हानन्द ठाकुर, महोत्तरी, १५ माघ । समाजमा असमाजिक कृयाकलापहरु बढ्दै गईरहेको प्रति प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गरेका छन् ।

महोतरीको जलेश्वर ४ सुगा भवानीपट्टी स्थित श्री सुकदेव माविको स्वर्ण जयन्तीको समुद्धघाटनका क्रममा उनले सो कुरा बताएका हुन् । बिद्यालयहरुमा नैतिक शिक्षाको अध्यापनका अभावमा समाजमा असमाजिक तत्वहरु हावी हुँदै गईरहेको उनको भनाई थियो । उनले समय मिलाएर कमसेकम एउटा कक्षा नैतिक शिक्षा सम्बन्धी राख्न शिक्षकहरुलाई सुझाव समेत दिए । साथै उनले निति तथा कार्यक्रममा समेत प्रदेशले नैतिक शिक्षालाई समेट्ने बिश्वास व्यक्त गरे । साथै एक अर्को प्रसङमा उनले आफ्नो जन्मस्थल सुगामा रहेको निजी सम्पति तथा घरहरु समाजलाई सेवाश्रम मार्फत उपयोग गर्न दिईने जानकारी समेत दिए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद रानी शर्मा तिवारीले आफु अहिले राजपाबाट निर्वाचित सांसद भएपनि सबैका लागि सामान दृष्टिकोणबाट विकास कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफु अहिले विकासका लागि धेरै थोक गर्न चाहेपनि आफुले पाउँदै आएको संसदीय बजेट अपुग भएकाले सबैठाउँको विकास गर्न नसकेकी बताईन् ।

बि.सं. २०१२ सालमा स्थापना भएको सो माविको स्वर्ण जयन्ती २०६२ सालमा रहेपनि १३ बर्ष ढिलो गरी स्वर्ण जयन्ती कार्यक्रम मनाईएको छ । कार्यक्रममा बिद्यालयद्धारा स्वर्ण जयन्तीका अवसरमा केक काटेर स्मारिका पनि बिमोचन गरिएको थियो ।
पुर्व प्रधानाध्यापक सुनील चौधरीले बिद्यालयको अहिलेको व्यवस्थापन पक्षहरुमाथि असन्तुष्टि समेत जनाएका थिए । साथै आफुलाई बिद्यालय परिवारले सम्मानजनक तरीकाले बिद्यालयमा आमन्त्रण नगरेको गुनासो समेत गरेका थिए ।
समारोहमा स्थापनाकाल देखि बिद्यालयमा योगदान पुरयाउँदै आएका व्यक्तिहरुलाई बिद्यालय परिवारले सम्मान समेत गरेको थियो । कार्यक्रम स्थलमा प्रदेश प्रमुखलाई भव्य स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ