असहायलाई निःशुल्क शिक्षा दिनुपर्ने भन्दै नगर परिक्रमा

समाचार

12/31/2018

कपिलवस्तु, १५ पुस । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ बजार क्षेत्रमा सबैका लागि शिक्षा, दिव्यांग र असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिनुपर्नेमा जोड दिँदै नगर परिक्रमा गरिएको छ ।

आरएम कोचिंग सेन्टर, सहारा पब्लिक स्कूल र ग्लोबल इंग्लिश बोर्डिंग स्कूलको संयुक्त आयोजनामा उक्त स्कूलका विद्यार्थी, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान, मित्र राष्ट्र भारत उत्तरप्रदेशका वि.जे.पी. सिद्धार्थनगरका सहसंयोजक सुनिल अग्रहरी, कृष्णानगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुचरन सिंह (बंटी सरदार), गोपाल प्यारे चंदेल, वडा नं २ का वडाध्यक्ष वृजेश कुमार गुप्ता कसौधन, विनय शर्मा, राहुल मोदनवाल, गुफरान साकिर, संजय शर्मा, महिला समाजसेवी अस्ति कुशहवा र ममता गुप्ता लगायत पत्रकार, समाजसेवी, शिक्षा प्रेमीको टोलीले नगर परिक्रमा गरि शिक्षामा सबैको ध्यान हुनु पर्ने नाराका साथ गोलघरमा सभा राखेर आआफ्नो मन्तव्य राख्दै शिक्षा मा सबैको पहुच पुर्याउन सबै मिलेर लाग्नु पर्ने कुरामा जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ