काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताएका छन् । “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ” प्रधानमन्त्री ओलीले भने “अहिले भ्रष्टाचार बढेको होइन गीरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन । सबैलाई कारबाही हुन्छ ।”
प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यती बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् । ”
प्रतिनिधिमण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओली समक्ष माग गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ ।
ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।
तपाईको प्रतिक्रिया