बाँके, २८ पुस । नेपालगंज उपमहानगरपालिका–९ स्थित आनन्दनगर बस्ने ७० वर्षीय निजामुदिन धपालीको कच्ची घरमा बिद्युतको तार सर्ट भई शुक्रबार राति आगलागी हुँदा उक्त आगलागीमा जलेर धपालीको मृत्यु भएको छ ।
साथै आगलागीबाट घर तथा अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया