काठमाडौं, १९ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन), क्यानडाले बारा र पर्साका आँधीहुरी प्रभावितलाई सहयोगका लागि रु ५ लाखको कोष खडा गरेको छ ।
बारा र पर्साका विभिन्न स्थानमा २७ जनाको ज्यान जानेगरी तथा दर्जनौं घाइते हुनेगरी आँधीहुरीले क्षति पुर्याएपछि एनआरएनए क्यानडाले पीडितको राहतका लागि सहयोग कोष स्थापना गरेको हो ।
एनआरएन क्यानडाका महासचिव चिरन घिमिरेले आँधीहुरी प्रभावितका लागि न्यूनतम पाँच लाखको कोष खडा गरिएको जानकारी दिए । कोष खडा गरेको एनआरएन क्यानडाले सहयोगका लागि त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया