आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरौं : प्रम ओली

समाचार

7/1/2019

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन् ।

वृक्षारोपण दिवसको अवसरमा आज कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका छन् ।

सरकारले यस बर्ष देखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताए । “हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,” प्रधानमन्त्री ओलीले भने “अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।”

वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ