काठमाडौं, २३ साउन । आरक्षण बचाऔं आन्दोलनले लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा उल्टो हिंडेर प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन गरिएको छ ।
आरक्षण बचाऔं आन्दोलनले करिब दुई महिनादेखि आयोगले जारी गरेको विज्ञापनको विरोध गर्दै आएको छ । लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा विस्तारै देशव्यापीरुपमा आन्दोलन सुरु भइसकेको आन्दोलन परिचालन समितिका सदस्य सरोज रायले जानकारी दिएका छन् ।
उल्टो हिंडेर गरिरहेको प्रदर्शनमा सुरक्षाकर्मी हस्तक्षेपसमेत गरेको रायले बताए ।
तपाईको प्रतिक्रिया