आरक्षण बचाऔं आन्दोलनका १९ जना पक्राउ, महिलामाथि दुर्व्यवहार

समाचार

8/11/2019

काठमाडौं, २६ साउन । लोकसेवा आयोगको विज्ञापनविरुद्ध चरणबद्धरुपमा आन्दोलन गर्दै आएको आरक्षण बचाऔँ आन्दोलनका १९ जना आन्दोलनकारीहरु पक्राउ गरेका छन् ।

आरक्षण बचाऔं आन्दोलनका आन्दोलन परिचालन समितिको पूर्वघोषित सिंहदरबार अगाडि घर्ना कार्यक्रमअन्तर्गत आइतबार भद्रकालीमा शान्तिपूर्ण धर्ना बसिरहेका १४ जनालाई आन्दोलनकारी पक्राउ परेका छन् ।

आन्दोलनकारीहरुले शान्तिपूर्ण धर्ना दिइरहँदा प्रहरीले दमन गरेको छ । प्रहरीले लाठी चार्ज गर्नुको साथै महिला आन्दोलनकारीहरुमाथि दुर्व्यवहारसमेत गरेको तराई मधेश राििष्ट्रय परिषद्का सदस्य सरोज रायले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लब, प्रदशर्नीमार्गमा राखिएको छ । पक्राउ परेकाहरुको बिना शर्त रिहाईको माग गर्दै महेन्द्र पुलिस क्लब पुगेका मध्ये थप पाँचलाई पक्राउ गरिएको जनाइएको छ ।

परिषद्का सदस्यद्वय काशिन्द्र यादव र सिएन थारू, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाह अध्यक्ष गोविन्द छन्त्याल, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसैगरी, दलमर्दन कामी सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, राकेश राई, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, वाङ्जु तामाङ, खगेन्द्र माखिम, जयनकुमार मोक्तान, रमेश थापा मगर, लक्ष्मी थापा र महेश अधिकारीसमेत पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ