इटहरी, २३ कार्तिक । लैगिंक हिंसा विरुद्ध इटहरीमा सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसको अवसर पारेर तीनसय बढीको सहभागितामा इटहरी सम्मेलन गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताए ।
सम्मेलन इटहरी घोषणा पत्र तयार गर्दै सम्पन्न हुनेछ । इटहरीमा उपमहानगरको आयोजनामा मंसीर ९ गतेदेखि १६ दिनसम्म गरिने लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रमका क्रममा इटहरी सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसका अवसरमा २१ जना सामाजिक अभियन्तालाई साथी शिक्षक तालिम दिइने भएको छ । प्रतिरक्षा समूह र साथी समूह मार्फत इटहरीका सवै वडामा लैंिगक हिंसा अवस्थाको मापन गरिने छ । हिंसा प्रभावित क्षेत्रमा सरोकारवालाहरुसँग सवाल जवाफ कार्यक्रम समेटिएको छ ।
यसैगरी मुख्यचौकहरुमा लैगिंक हिंसा विरुद्ध सन्देशमूलक होडिड वोर्ड राख्ने, यौनिक तथा अल्पसंख्यकहरुका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया, अपांगता भएका व्यक्तिका अभिभावकहरुलाई अपांगमैत्री व्यवहार सम्वन्धी सचेतना कार्यक्रम, पछाडी पारिएको क्षेत्रमा महिला प्रजनन स्वास्थ्य शिविर, रक्तदान, विद्यालयमा किशोरीहरुलाई लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम, महिला अभियानकर्मी र पत्रकार महिला वीच मैत्रिपूर्ण फुटसल खेल , मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीसंग महिला हिंसा सम्वन्धी छलफल लगायत विभिन्न २१ वटा कार्यक्रम गरिने भएको छ । यि कार्यक्रमहरु इटहरी उपमहानगर तथा उपमहानगरमा रहेका विभिन्न संघ सस्थाहरुले संयोजन गर्ने छन् ।
पमहानगरको आयोजनामा सरोकारवाला संघ सस्थाहरु बिच भएको पूर्वतयारी कार्यक्रममा इटहरीमा लैगिंक हिंसा विरुद्धको दिवस भब्यताका साथ मनाउने निर्णय भएको हो । जसका लागि ७५ सदस्यीय मूल समारोह ब्यवस्थापन समिति, १५ सदस्यीय सचिवालय सल्लाहकार समिति गठन गरिएको छ । इटहरी उपमहानगरले चालु बर्षमा १६ दिनको मात्र नभई बर्षै भरि अभियान संचालन गरिरहेको छ ।
प्रत्येक वडामा महिला हिंसा विरुद्धको प्रतिरक्षा समूह गठन भएको छ । २० वटै वटामा तीन वटाका दरले ६० वटा साथी समूह गठन भएका छन । यसबर्षको १६ दिने अभियानको क्रममा गत बर्षको समीक्षा गर्दै एक बर्षे कार्ययोजना समेत निर्माण गरिने उपमेयर लक्ष्मी गौतमले वताए ।
तपाईको प्रतिक्रिया