कपिलवस्तु, १५ पुस । कृष्णनगर नगरपालिकाको बहादुनगंजमा रहेका उखडा जमिन प्रयोग गर्दे आएका किसानहरुले अब आफ्नो नाममा चाँडै जमिन हुने देखिन्छ ।
पूर्वमंत्री इश्वर दयाल मिश्रको नेतृत्वमा राष्टिय सभा सदस्य राम लखन हरिजन, नेकापाका युवा नेता जगत मान केसी, शिवराज नगरपालिकाका नकुल बि.क. र बहादुरगंजका ६ जना उखडा जमिन प्रयोग गर्दे आएका किसानको संयुक्त टोलीले भूमि सुधार तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटि ज्ञापनपत्र बुझाइ छलफल गरिएको छ ।
सचिव मैनालीले उक्त ज्ञापनपत्रलाई सकारात्मकताका साथ लिइएको र उखडा जमीन साथै सुकुमबासी र अव्यवस्थित बसोबासको समस्यालाई यहाँबाट मन्त्रीस्तरको निर्णय भएर संघीय मन्त्रालयमा अनुरोध गरिएको छ । संघीयले चाडै नै गाउँपालिका र नगरपालिकामा लगत संकलनका लागि अनुरोध गरिने छ ।
समस्या समाधान हुने लागत संकलन गरि जमीनको लालपुर्जा उपलब्ध हुने देखिएको छ । साथै समस्या समाधान हुने हुँदा समस्यासँग सरोकार राख्ने सबै सकारात्मक सफलता रहेको देखिन्छ । उक्त सबै कुराको जानकारी जगतमान केसीले दिए ।
तपाईको प्रतिक्रिया