काठमाडौं, २१ भाद्र । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको मृत्युबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ ।
मृत्यु भएको सात दिन बितिसक्दा पनि शव परीक्षण गरिएको छैन । गठबन्धनले मृतक यादवका परिवारलाई न्याय दिलाउनका लागि नागरिक समाज, राजनीतिक व्यक्ति, युवा विद्यार्थी तथा बुद्धिजीबीवर्गमा अनुरोध गरेको छ ।
विभिन्न मागहरु अघि सार्दै शव परीक्षण नगरेसम्म गठबन्धनले प्रत्येक काठमाडौंस्थित माइतीघर मण्डलमा साँझ ५ बजेदेखि ६ बजेसम्म श्रद्धाञ्जलीसभा गर्ने गठबन्धनका नेता जासर यादवले जनाएका छन् ।
श्रद्धाञ्जली सभामा उपस्थित हुन गठबन्धनले आह्वानसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया