उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा

समाचार

4/7/2019

रौतहट, २३ चैत । रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकिएको छैन । हालै मात्र ग्रामीण विकास केन्द्र नेपालले भारतको दरभंगाबाट २ बालकलाई उद्धार गरि उनीहरुलाई अभिभावकको जिम्मा लगाएको छ ।

भारतको मुम्बई लगायतको सहरमा राम्रो काम दिलाई राम्रो आम्दानीको प्रलोभन देखाई रौतहट जिल्लाको गुजरा नपा वडा नंं ८ सिमरा भवानीपुरका वर्ष ११ का मो. एहसान उर्फ जाफर सदिक र वाड नंं. ४ कनकपुरका वर्ष १३ का शेख नजमुदिन दलालहरु भारतको दरभंगा स्टेशनबाट उदार गरि बाल गृह सम्म पुगेका यी बालकहरुलाई आरडसीले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटको सहयोगमा उनीहरुलाई अभिभावकको जिम्मा लगाएको आरडसीका सहसचिव ममता झाले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ