एअरगनसहित पक्राउ

समाचार

2/3/2019

पर्सा, २० माघ । पटेर्वासुगौली गाउँपालिका–४ बाट सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन राउतलाई एअरगन र छर्रा १७ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ