एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

समाचार

7/24/2019

मोरङ, ८ साउन । सप्तरी राजबिराज नगरपालिका –बस्ने ५५ वर्षीय उर्मिला देवी झाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । विराटनगरपालिका–गोग्राहा चोकस्थित सडकमा ज.१च ११९५ नम्बरको एम्बुलेन्सले मंगलबार बिहान ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाईते भएकी देवीलाई उपचारका लागि न्यरो अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ