तीन भाषामा मोदीलाई ओलीको जन्मदिन शुभकामना

समाचार

9/19/2019

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् ।

‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’। ‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन् । सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ