काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला मुम्बई पुगेकी छिन् । लामो समयपछि भारत गएकी उनी राजनीतिक भेटघाटमा समेत सक्रिय छिन् ।
कोइरालाले महाराष्ट्र सरकारका मन्त्री तथा भारतीय जनता पार्टीका नेता तथा महाराष्ट्र विधानसभामा मुख्य सचेतक राज पुरोहितसँग भेट गरेकी छिन् ।
सुजातालाई मुम्बईमा भाजपा नेता जयप्रकाश सिंहले सम्मान गरे । नेपाल भारत सम्बन्ध प्रगाढ बनाउन भूमिका खेलेको भन्दै उनलाई छात्रहरुका तर्फबाट सम्मान गरिएको थियो ।
नेता सुजाता कोइरालाले भारतमा केही महत्वपूर्ण भेटघाट गरेकी छिन् । उनले विशेषगरी भाजपा नेताहरुसँग भेटेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया