कटुवा पेस्तोल बरामद

समाचार

1/1/2019

महोत्तरी, १६ पुस । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ बाट एपीएफ टोलीले वेवारीसे अवस्थामा रहेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले विशेष सुचनाको आधारमा सो ठाउँमा रहेको खेतको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ