काठमाडौंमा प्राङ्गारिक अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन

समाचार

4/24/2019

काठमाडौं, १० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई दिने अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ ।

रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्राङ्गारिक कृषि प्रवद्र्धन उच्चस्तरीय कार्यदलको मन्त्रालयमा बसेको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौमा हुनेछ । सम्मेलन भारत, भुटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने छन् । सम्मेलनमा स्वदेशी र विदेशी गरी करीब १ सय ५० जना विज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ