कपिलवस्तु, २७ साउन । कपिलवस्तुका चार पालिकाहरुले बालअधिकारको संरक्षण र प्रर्वधन गर्नका लागि रणनीतिक योजना बनाउने भएका छन् ।
यसरी योजना निर्माण गर्नेहरुमा वाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिका रहेका छन् ।
सेभ द चिल्डेन र लिडो नेपालको सहयोगमा तौलिहवामा आयोजित तीनदिने रणनीतिक गोष्ठी सम्पन्नपछि उक्त स्थानीय तहका प्रमुखहरुले योजना बनाउने प्रतिवद्धता जनाएका हुन् ।
विशेष गरी बालमैत्री स्थानीय शासनको अवलम्वन गर्नका लागि पनि पाँच वर्षे रणनीतिक योजना आवश्यक परेकोले तत्काल योजना निर्माण गरी बालबालिकाको बारेमा काम गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया