कपिलवस्तु नगरपालिकाकी उपमेयरद्वारा मेयरविरुद्ध मुद्दा

समाचार

7/26/2019

कपिलवस्तु, १० साउन । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकी उपमेयरले मेयरविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

उपमेयर लक्ष्मीदेवी गुप्ताले मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकी हुन् ।

उनले मेयर सिंहसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरसभालाई विपक्षी बनाएकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले मनपरी गरेको उपमेयर गुप्ताको आरोप छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ